माओवादी अध्यक्ष पत्नी सीता २ सातापछि डिस्चार्ज

माओवादी अध्यक्ष पत्नी सीता २ सातापछि डिस्चार्ज

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई आज अस्पतालबाट डिस्चार्ज गरेर घर लगिएको छ । दुई साताको अस्पताल बसाईपछि आज खुमलटारस्थित निवास लगिएको बताइएको छ ।

उहाँको स्वास्थ्यमा सुधार आएपछि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालबाट डिस्चार्ज गरिएको छोरी गंगा दाहालले जानकारी दिएकी छन् ।

उहाँलाई कात्तिक २ गते दिउँसो इमर्जेन्सीबाट आईसीयुमा भर्ना गरेर उपचार गरिएको थियो । त्यसअघि तीन दिनको उपचारपछि कात्तिक १ गते घर लगिएको थियो ।

टिप्पणीहरू