गठबन्धनको ५० प्रतिशत हिस्सा कांग्रेसकै हो : विरोध खतिवडा
मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य विरोध खतिवडाले नेपाली कांग्रेसले जिल्लामा ५० प्रतिशत हिस्सा पाएकाले निर्धक्क भएर जिताउन कांग्रेसका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।
इन्द्रसरोवर गाउँपालिकाको मार्खु, सिमलाङमा नेपाली कांग्रेस थाहा नगर समितिका सभापतिसहित पदाधिकारी र १२ वटै वडाका सभापतिहरुलाई सम्बोधन गर्दै खतिवडाले उक्त आग्रह गरेका हुन् । ‘नेपाली कांग्रेसको नेतृत्वमा केन्द्रीय गठबन्धन छ,’ खतिवडाले भने, ‘गठबन्धनबाट मकवानपुरमा कांग्रेसले ५० प्रतिशत हिस्सा पाएको अवस्थामा निर्धक्क भएर गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्दछु ।’
मुलुकको आवश्यकताको कारण गठबन्धनका उम्मेदवारलाई नै आफ्नो उम्मेदवार ठानेर इमान्दारितापूर्वक जिताउन लागिपर्नुको विकल्प नभएको उनको निश्कर्ष छ । ‘हाम्रो पार्टीबाट उम्मेदवार छैनन् भनेर निराश हुनुपर्दैन,’ खतिवडाले भने, ‘यो गठबन्धन पाँच वर्ष टिकिरहने भएकाले ढुक्क भएर गठबन्धनलाई जिताउन सबैजना लाग्नुहोला ।’
टिप्पणीहरू