७० वर्षे व्यभिचारीद्वारा ६ वर्षीया बालिका बलात्कृत

७० वर्षे व्यभिचारीद्वारा ६ वर्षीया बालिका बलात्कृत

बझाङमा ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ७० वर्षीय बृद्ध पक्राउ परेका छन् । छबिसपाथिभेरा गाउँपालिका–२ का ७० वर्षीय धनगिरी सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडित पक्षले गत भदौ ९ गते सार्कीले ती बालिकालाई चक्लेट, बिस्कुट दिन्छु भन्दै ललाई फकाई तीन पटक लगातार बलात्कार गरेको बताएका छन् । त्यसपछि खेतमा जाँदा बालिका सार्कीलाई देखेर डराउँदै लुकेपछि उक्त कर्तुत खुलेको हो ।

आफन्तले ‘किन डराएको ?’ भनेर सोधेपछि बालिकाले घटनाबारे जानकारी गराएकी हुन् । बालिकाकी आमा माइती घर गएको मौका छोपी सार्कीले बालिकालाई आफ्नै घरमा लगेर करणी गरेको पीडितको परिवारले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङले सार्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

बालिकाको स्वास्थ्य परीक्षण गरेपछि यौनाङ्गमा चोट लागेको चिकित्सकले प्रमाणित गरिदिएका छन् ।

टिप्पणीहरू