आफ्नो प्रचारमा हिँड्नेले टुरिष्ट उम्मेदवारको के चर्चा गर्नु ?

आफ्नो प्रचारमा हिँड्नेले टुरिष्ट उम्मेदवारको के चर्चा गर्नु ?

मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विरोध खतिवडाले पाँच वर्षअघिको चुनावमा आफ्नो प्रचारमा हिँड्नेले अहिले टुरिष्ट उम्मेदवार भन्दै कुप्रचार गरेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको अघिल्लो चुनावमा आफ्ना लागि भोट माग्दै हिँडेका व्यक्तिले अहिले टुरिष्ट उम्मेदवारको चर्चा गर्न नसुहाउने उनको भनाइ छ ।

‘आफू उम्मेदवार बनेपछि मलाई टुरिस्ट भन्दै हिँडेको पनि सुनियो,’ खतिवडाले भने, ‘नेपालको जुनसुकै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिन पाइन्छ भन्ने कानूनको आधारभूत ज्ञान पनि उनमा रहेनछ ।’

खतिवडाले आफूसँग प्रतिस्पर्धा गर्न नेकपा एमालेबाट उम्मेदवारी दिएका महेशकुमार बर्तौैलालाई संकेत गर्दै भने, ‘कानून पढेको भन्ने मान्छेलाई त्यत्ति ज्ञान पनि रहेनछ । स्थानीय नै चाहिने भन्ने बुझाई हो भने उनलाई वडा अध्यक्षमा उम्मेदवारी दिन सुहाउँछ ।’

बर्तौलालाई खतिवडाले वडाध्यक्षमा उठ्ने हो भने आफूले सहयोग गर्ने भनी व्यङ्ग्य गरेका छन् । एक अर्को प्रसंगमा नेता खतिवडाले हेटौंडाकै मुख्यमन्त्री बनेर पनि एमालेका डोरमणि पौडेलले मकवानपुरमा १० करोडभन्दा माथिको योजना नपारेकाले अब पनि एमालेबाट विकासको आशा गर्नु बेकार हुने ठोकुवा गरेका छन् ।

टिप्पणीहरू