शान्ति सेना घर फिर्ता, बिदा मनाउने टोली पनि सङ्गसङ्गै
दक्षिणी सुडानमा तैनाथ नेपाली सेनाको एउटा डफ्फा स्वदेश फर्केको छ । राष्ट्रसंघीय शान्ति मिसनमा सँलग्न हाई रेडिनेस गुल्मको छैठौं डफ्फा फर्केको हो ।
हिजो बिहान इथियोपियन एअरको इटी ८८०६ नम्बरको चार्टर उडानबाट नयाँ दिल्ली हुँदै आएको विमानमा एक सय ३८ जना सैनिक सवार थिए । सेनानी सुजित श्रेष्ठको कमाण्डमा एक सय ३१ जना शान्ति सैनिकको टोली मिसन पूरा गरेर फर्केको हो ।
उक्त टोलीमा बिदा मनाउन त्यहाँ रहेको डफ्फाका अन्य सात जना पनि आएको बताइन्छ । उक्त विमान बिहान ७ बजे काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो ।
टिप्पणीहरू