नयाँ अमेरिकी राजदूतको भेटघाट खुमलटारबाट शुरु
नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन आज बिहान खुमलटार पुग्नुभएको छ । उहाँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्न खुमलटार जानुभएको बताइएको छ ।
बिहान साढे ८ बजे त्यहाँ जानुभएका राजदूत सवा ९ बजे फर्कनुभएको छ । गत असोज २७ गते काठमाडौं आउनुभएका राजदूत थम्पसनले कात्तिक ४ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको थियो ।
त्यसपछि प्रधानमन्त्री,परराष्ट्रमन्त्री र गृहमन्त्रीसँग शिष्टाचार भेट गर्नुभएका उहाँले राजनीतिक भेटघाट पहिलो पटक खुमलटारबाट थाल्नुभएको हो ।
टिप्पणीहरू