शान्ति सेनाको अर्को टोली दक्षिण सुडानतर्फ
शान्ति मिसनका लागि नेपाली सेनाको अर्को टोली दक्षिण सुडान प्रस्थान गरेको छ । दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघीय मिसन टोलीको नियमित फेरबदलको क्रममा हिजो छैठौं डफ्फाका एक सय ५० जना नेपाली शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेका हुन् ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार टोलीले दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको पाँचौं डफ्फालाई बदली गर्न लागेको हो । सेनानी नवराज थापा मगरको कमाण्डमा उनीहरु यूएन चार्टर्ड उडान इथियोपियन एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गएका हुन् ।
यसअघि पाँचौं डफ्फाका एक सय ३२ शान्ति सैनिक हिजो बिहान स्वदेश फर्किएका छन् । उनीहरु सेनानी सुजित श्रेष्ठको कमाण्डमा फर्किएका हुन् ।
टिप्पणीहरू