डाक्टरको परीक्षा स्थगित, म्याद भर्ने समय थपियो

डाक्टरको परीक्षा स्थगित, म्याद भर्ने समय थपियो

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ । आयोगले परीक्षा कार्यक्रम स्थगन गर्दै अनलाइन आवेदन फाराम भर्ने म्याद थप गरिदिएको हो ।

एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन फाराम भर्ने म्याद भोलिसम्म तोकिएकोमा समयसीमा बढाएर आगामी मंसिर ९ गते अपराह्न ४ बजेसम्मका लागि थप गरिएको आयोगद्धारा जारी सूचनामा उल्लेख छ ।

त्यस्तै, आयोगले आगामी मंसिर १०, ११ र १२ गते परीक्षा मिति तय गरेको थियो । हाल स्थगन भएको परीक्षाको तालिका मंसिरको दोस्रो साता प्रकाशन हुने आयोगले जनाएको छ ।

टिप्पणीहरू