उम्मेदवारसँग कापी, कलम बुझेका हेडमास्टरलाई २४ घण्टे पूर्जी
निर्वाचन आयोगले नेपाली काँग्रेसका उम्मेदवार र प्रधानाध्यापकलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा आयोगले आज पर्वतका प्रतिनिधिसभा उम्मेदवार अर्जुनप्रसाद जोशी र प्रधानाध्यापकलाई स्पष्टीकरण सोधेको हो ।
काँग्रेस उम्मेदवार जोशीलाई पर्वतको पञ्चकोशी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको विषयमा स्पष्टीकरण सोधिएको आयोगले बताएको छ । सोही विषयमा प्रधानाध्यापकलाई पनि पत्र लेखिएको आयोगले जनाएको छ ।
साथै, जोशीले कुश्मा नगरपालिका–१४, आर्थरस्थित विद्यालयमा केही दिन पहिले तरुण दलको नामबाट विद्यार्थीहरूलाई कापी कलम वितरण गरेर अभिभावकहरूलाई प्रभावित गर्ने प्रयास गरेको आयोगको भनाइ छ ।
उनीहरु दुवैलाई जिल्ला निर्वाचन कार्यालय पर्वतमा स्पष्टीकरण पेश गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।
टिप्पणीहरू