२६ वर्षीया बेलायती डाक्टरमाथि यौन दुर्व्यवहार गर्ने डब्ल्युएचओका हाकिम निलम्बित
गत महिना भएको विश्व स्वास्थ्य सम्मेलनमा बेलायती महिला डाक्टरले सार्वजनिक रूपमा यौन दुर्व्यवहार गरिएको आरोप लगाएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जेनेभास्थित मुख्यालयमा कार्यरत एक वरिष्ठ प्रबन्धकलाई निलम्बन गरेको छ ।
इङ्गल्याण्डको नेशनल हेल्थ सर्भिसमा कार्यरत २६ वर्षीया डाक्टर रोजी जेम्सले बर्लिनमा भएको शिखर सम्मेलनमा आफूमाथि यौन दुर्व्यवहार भएको बताएकी थिइन् । अक्टोबर १६ देखि १८ सम्म भएको कार्यक्रममा उक्त घटना भएको हो ।
आरोपित हाकिम बिदामा बसेकाले अनुसन्धान चलिरहेको डब्ल्युएचओका प्रवक्ताले जनाएका छन् । आरोपितको नाम हालसम्म गोप्य राखिएको छ ।
बर्लिन कार्यक्रमको सहआयोजक डब्ल्युएचएस फाउन्डेसन जीएमबीएचले आरोपहरूको ‘तत्काल र राम्रो’ छानबिनको माग गरेको छ ।
टिप्पणीहरू