हिजो बेइजिङ पुगेका पाकिस्तानी प्रधानमन्त्री आज फर्किंदै

हिजो बेइजिङ पुगेका पाकिस्तानी प्रधानमन्त्री आज फर्किंदै

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ दुई दिने चीन भ्रमणमा बेइजिङ पुगेका छन् । प्रधानमन्त्री सरिफ उच्चस्तरीय प्रतिनिधिमण्डलसहित हिजो साँझ चीनको राजधानी बेइजिङ पुगेका हुन् ।

दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री सरिफले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग आज भेटघाट गरेपछि स्वदेश फर्किने बताइएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनले पार्टी महासचिवको रूपमा सिलाई तेस्रो कार्यकालमा निर्वाचित गरेको केही दिनमा सरिफ चीन भ्रमणमा गएका हुन् ।

प्रधानमन्त्री सरिफ चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा बेइजिङ गएका हुन् । सरिफको टोलीमा विदेशमन्त्री बिलावल भुट्टो जरदारीलगायत उच्च अधिकारीहरु छन् ।

आज दुई देशबीच आर्थिक सहयोग आदानप्रदान सम्बन्धी छलफल र सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । विशेषगरी भ्रमणमा ६५ अर्ब डलर लगानीको चीन–पाकिस्तान आर्थिक करिडरको विषयमाथि छलफल केन्द्रित हुने बताइएको छ ।

टिप्पणीहरू