गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
बर्दियामा गाडीको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । गुलरिया नगरपालिका–४ मा नेपालगञ्जबाट राजापुरतर्फ जाँदै गरेको भे.१ ज १११२ नम्बरको विङ्गर गाडीको ठक्करबाट हिजाे पैदलयात्रीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुर्खेत बीरेन्द्रनगर नगरपालिका–२ ठौरी घर भइ हाल सोही ठाउँ डेरा गरी बस्ने ४९ वर्षीया सुर्जाकला राजी छन् । गाडीको ठक्करबाट गम्भीर घाइते भएकी सुर्जाकलाको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने गाडी चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
टिप्पणीहरू