काभ्रेली एमाले नगर सह इञ्चार्ज माओवादी प्रवेश

काभ्रेली एमाले नगर सह इञ्चार्ज माओवादी प्रवेश

एमाले धुलिखेल नगर सह इञ्चार्जले पार्टी परित्याग गरेका छन् । एमालेभित्र बढ्दै गएको व्यक्तिवादी प्रवृत्तिको बिरोधमा भन्दै एसाबहादुर तामाङले माओवादी रोजेको बताएका छन् ।

तामाङसहित राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य रहेका एमाले खानीखोला गाउँपालिका उपसचिव वीरेन्द्र लामा (निमा) लगायत ४० भन्दा बढी एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
युवा संघ नेपालका प्रदेश कमिटी सदस्य विजय लामा,जिल्ला कमिटी सदस्य बुद्ध लामा, जगत भोलन, एमाले निकट खेलकुद महासंघ जिल्ला सदस्य दिपक गोलेले पनि नेकपा माओवादी केन्द्र रोजेको जानकारी दिइएको छ ।

एमाले र माओवादी केन्द्र एक भएर बनेको नेकपाको फुटपछि एमालेमा नै रहेका उनीहरुले पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति हाबी भएको आरोप लगाएका छन् । उनीहरुले लोकतान्त्रिक–वाम गठबन्धनलाई सहयोग गर्ने गरी पुरानै पार्टीमा फर्केको एसाले बताए ।

टिप्पणीहरू