प्रधानमन्त्री उडेपछि बहादुर भवनबाट बर्णन 

प्रधानमन्त्री उडेपछि बहादुर भवनबाट बर्णन 

निर्वाचन आयोगले आज दिउँसो पत्रकार सम्मेलन आयोजना गर्नुअगावै प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला उड्नुभएको छ । प्रधानमन्त्री देउवा नेपाली सेनाको हेलिकप्टरमा दिउँसो साढे १ बजे सरकारी निवास बालुवाटारबाट त्यसतर्फ जानुभएको हो ।

सेनाको ९ एन आरएएम हेलिकप्टरमा प्रधानमन्त्री देउवा सात जनाको टोलीसहित अपरान्ह डडेलधुरा पुग्नुभएको छ । उहाँ भोलिदेखि चार दिनसम्म जिल्लामा आयोजना गर्न लागिएको विभिन्न आमसभामा सहभागी हुने बताइएको छ ।

यता निर्वाचन आयोगले आज दिउँसो पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री तथा मन्त्रीहरुले निर्वाचन कार्यक्रममा सहभागी हुनुभन्दा २४ घण्टा अगाडि आफ्नो अनुमति लिनुपर्ने बताएको छ । प्रमुख निर्वाचन आयुक्तले उक्त अवसरमा सरकारी अधिकारीहरुलाई निर्वाचनमा सरकारी सवारी साधन र स्रोत प्रयोग गर्न कानुनले नदिएको बताउनुभएको हो ।

टिप्पणीहरू