मतदानमा खटिएका कर्मचारीसँग वादविवाद गर्न प्रतिवन्ध

मतदानमा खटिएका कर्मचारीसँग वादविवाद गर्न प्रतिवन्ध

निर्वाचन आयोगले मतदानमा खटिएका कुनै पनि कर्मचारीसँग वादविवाद नगर्न मतदातालाई सम्झाएको छ । आयोगले सम्पूर्ण मतदातालाई निर्वाचनमा पालना गर्नुपर्ने आचरणबारे जानकारी गराउँदै उक्त आग्रह गरेको हो ।

मतदाताले पालना गर्नुपर्ने तीन बुँदे आचरण सार्वजनिक गर्दै भनिएको छ, ‘मतदानमा खटिएका कुनै पनि कर्मचारीसँग वादविवाद नगर्न सुसूचित गराइन्छ ।’

कर्मचारीहरुलाई हतोत्साहित पार्न नपाइने भन्दै आयोगले उल्लेख गरेको छ, ‘कुनै पनि किसिमबाट अन्य मतदाताको गोप्यता भङ्ग नगर्न सम्बन्धित सबैलाई आग्रह छ ।’

निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने खालका गतिविधिमाथि पनि आयोगले रोक लगाएको छ ।

टिप्पणीहरू