जहाँ महिलालाई ढिम्किनै दिइएन

जहाँ महिलालाई ढिम्किनै दिइएन

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको निम्ति ६१ वटा क्षेत्रमा एक जना पनि महिला उम्मेदवार हुने छैनन् । निर्वाचन आयोगले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ६१ वटामा महिला उम्मेदवार नभएको जानकारी दिएको छ ।

सात वटा प्रदेशमध्ये महिला उम्मेदवार सबैभन्दा कम भएको प्रदेश मधेश हो । त्यहाँको छ वटा जिल्लाका १४ निर्वाचन क्षेत्रमा कोही पनि महिला उम्मेदवार छैनन् ।आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुदूरमश्चिमका ८ र कर्णालीका ९ जिल्लामा पनि महिलाले उम्मेदवारी हालेका छैनन् । यस्तै लुम्बिनीका ५,बागमतीका ३ र गण्डकीका ६ तथा १ नम्बर प्रदेशका १० जिल्लामा कुनै महिलाले उम्मेदवारी नदिएको निर्वाचन आयोगले जनाएको छ ।

मुलुकभर प्रतिनिधि सभा निर्वाचनका लागि कूल दुई हजार ४ सय १२ उम्मेदवार छन् । तीमध्ये २१ सय ८७ पुरुष छन् भने महिला दुई सय २५ सिटमा सीमित छन् ।

टिप्पणीहरू