सन्दिपविरुद्धको “नाबालिका बलात्कार” मुद्दा आज पनि ‘हेर्दाहेर्दै’

सन्दिपविरुद्धको “नाबालिका बलात्कार” मुद्दा आज पनि ‘हेर्दाहेर्दै’

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दिप लामिछानेविरुध्दको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा भएको बहस भोलिका लागि ‘हेर्दाहेर्दै’ मा राखिएको छ । उक्त मुद्दामा हिजोदेखि थुनछेक बहश शुरु भएको थियो ।

उमेर नपुगेकी किशोरीलाई करणी गरेको अभियोग लागेका सन्दिपमाथि प्रहरीले २४ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । अस्ति सोमबार नै काठमाडौं जिल्ला अदालतमा उनीविरुध्द जबरजस्ती करणीको मुद्दा दायर भएको हो ।

टिप्पणीहरू