बिजेपीका कोषाध्यक्ष भर्खर नयाँ दिल्ली फिर्ता
भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (बिजेपी) का कोषाध्यक्ष राजेश अग्रवाल काठमाडौं बसाइ सकेर घर फर्किएका छन् । भिस्तारा एयरको (युके १५६) जहाज चढेर उनी दिल्लीतर्फ लागेका हुन् ।
पासपोर्ट नम्बर भी ०७५६९०३ बोकेका अग्रवालले ५ बजेर १५ मीनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छाडेका थिए । नेपाल बस्दा उनको प्रधानमन्त्री देउवा,माओवादी अध्यक्ष प्रचण्ड,काङ्ग्रेस नेता प्रकाशशरण महतसङ्ग भेटघाट भयो । साथै उनलाई प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार अरुणकुमार सुवेदीले पशुपति दर्शन गराएका थिए ।
टिप्पणीहरू