एमाले कार्यकर्ता ओसार्दै गरेको गाडीमा २ किलो चरेससहित घुसपैठ
दुई किलो चरेससहित दार्चुलामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चरेस लिएर हिँडेका अपी हिमाल गाउँपालिका ५,लुम्टी बस्ने ४४ वर्षीय दानसिंह धामीलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो ।
से १ ज ६१८ नम्बरको गाडीमा यात्रा गरिरहेका उनलाई चेक जाँच गर्ने क्रममा दुई किलो चरेस फेला परेको इलाका प्रहरी कार्यालय लटिनाथका इन्सपेक्टर राजेश शाहीले बताए । उनले अझै चरेस लुकाएर राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
धामी एमाले अध्यक्ष केपी शर्मा ओलीले भोलि सम्बोधन गर्ने आमसभामा सहभागी हुने एमाले नेता तथा कार्यकर्ता ओसारिएको गाडीमा सवार थिए ।
टिप्पणीहरू