संविधान राजनीतिक पार्टीभन्दा धेरै ठूलो : मन्त्री चौधरी
सहरी विकासमन्त्री मेटमणि चौधरीले मुलुकको संविधानपार्टी भन्दा कैयौँ गुणा ठूलो रहेको धारणा व्यक्त गर्नुभएको छ । सत्ता गठबन्धनले हिजो दाङमा आयोजना गरेको राप्ती गाउँपालिकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले उक्त धारणा राख्नुभएको हो ।
उहाँले भन्नुभयो ‘नयाँ संविधान बनाउन कुनै भूमिका नखेलेकाहरुलाई अथवा संविधान नै चाहिन्न भन्नेहरुलाई यी सबै उपलब्धिहरु सामान्य लाग्लान् तर हिजो हाम्रा अग्रजहरु, शहीदहरु र हामी सहभागी भएर लडेर ल्याएको यो व्यव्स्था, यो संविधान चानचुने संघर्षबाट प्राप्त भएको होइन ।’
नयाँ संविधानले समाजका सबैखाले वर्ग, तह र तप्काका जनताका मुद्दा सम्बोधन गरेको बताउँदै मन्त्री चौधरीले तत्कालीन प्रधानमन्त्री केपी ओलीले जनमतको अपमान गरेको उल्लेख गर्नुभयो । मन्त्री चौधरीले भन्नुभयो,‘पछिल्ला दिनमा साराका सारा उपलब्धिहरु गुम्ने खतरा पैदा भयो । एक जना जननिर्वाचित सांसद हुनुको नाताले हामीले संविधान पार्टीभन्दा कैयौँ गुणा ठूलो कुरा हो भन्ने महसुस गर्याैँ । त्यसैकारण जोखिम मोल्न हामीहरु तयार भयौँ ।’
टिप्पणीहरू