माइतीघरमा साहुजीहरुको जुलुस

माइतीघरमा साहुजीहरुको जुलुस

बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदरको विरोधमा आज राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेश समितिको नेतृत्वमा ‘शान्तिपूर्ण मौन विरोध कार्यक्रम’ गरिएको हो ।

कोरोनाले थला पारेको व्यवसायलाई बैंकको बढ्दो ब्याजदरले थप मर्कामा पारेको प्रदर्शनकारीहरुको भनाइ छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर दोब्बर पारेर आतंक मच्चाएको उनीहरुको आरोप छ ।

ब्याजदर तत्काल घटाउन सरकारसँग माग गरेका उनीहरुले उद्योगी, व्यवसायीहरुलाई मारमा नपार्न आग्रह गरेका छन् । विरोध प्रदर्शनमा महासंघअन्तर्गतका सबैजसो उद्योगी, व्यवसायीहरुले सहभागिता जनाएको बताइन्छ ।

प्रदर्शनकारीहरुले ‘गरि खाने मर्दै छ, सरकारको राजश्व घट्दै छ’,‘ब्याजदर चर्को भो, गरिखान गाह्रो भो !’, ‘मनपरी प्रिमियम बन्द गर’,‘ब्याजदर स्थिरता कायम गर, चालुपूँजी निर्देशिका स्थगित गर’ लगायत प्लेकार्ड बोकेका थिए ।

टिप्पणीहरू