कुमारी आमाको छोरा र शिवराज श्रेष्ठको डीएनए मिल्यो

कुमारी आमाको छोरा र शिवराज श्रेष्ठको डीएनए मिल्यो

‘कुमारी आमा’ उपनामले चिनिएकी निहारिका राजपुतका छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठबीच डीएनए मेल खाएको छ । निहारिकाको मागअनुसार गरिएको परीक्षणमा उनका छोरा र श्रेष्ठको डीएनए मिलेको उच्च अदालत जनकपुरले जनाएको छ ।

डीएनए परीक्षण म्याच नहुँदाको अवस्थामा श्रेष्ठलाई बलात्कारको आरोपअन्तर्गत सजायको माग गर्दै उनी अनशन बसेकी थिइन् । निहारिकाकै मागअनुसार उनका छोरा र श्रेष्ठको डीएनए ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको थियो ।

उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए परीक्षण गर्न गत भदौ ८ गते आदेश दिएको थियो । डीएनए परीक्षणको रिपोर्ट उच्च अदालतमा पेश भएको छ ।

टिप्पणीहरू