कोमल वली पनि कारवाहीको दायरामा, चुनावमा विद्यार्थी प्रयोग गरिएको आरोप

कोमल वली पनि कारवाहीको दायरामा, चुनावमा विद्यार्थी प्रयोग गरिएको आरोप

निर्वाचन आयोगले कोमल वलीलाई २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन पत्र लेखेको छ । एमालेको तर्फबाट दाङमा प्रतिनिधि सभा सदस्य उम्मेदवार वलीसँग स्पष्टिकरण सोधिएको बताइएको छ ।

वलीले विद्यार्थीसँग भोट माग्दै गरेको तस्बिर सार्वजनिक भएपछि आयोगले स्पष्टीकरण सोधेको हो । स्पष्टीकरणमा ‘किन विद्यार्थीसँग भोट मागिएको हो ? यसरी भोट माग्न कुन ऐनले सुविधा दिन्छ ?,’ भनेर प्रश्न गरिएको छ ।

उनलाई आफैँ वा आफ्नो प्रतिनिधिमार्फत २४ घण्टाभित्र आयोगको जिल्लास्थित कार्यालय वा आयोगमा स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ ।

टिप्पणीहरू