स्वतन्त्र भारतका प्रथम मतदाताको निधन

स्वतन्त्र भारतका प्रथम मतदाताको निधन

‘भारतको पहिलो मतदाता’ को रुपमा परिचित १०५ वर्षे श्याम शरणको निधन भएको छ । श्याम शरण नेगी बेलायती शासनबाट भारत स्वतन्त्र भएपछि भएको पहिलो आमनिर्वाचनमा मतदान गर्ने पहिलो व्यक्ति मानिन्छन् ।

नेगीले त्यसयताका हरेक चुनावमा मतदान गर्दै आएका छन् । उनले हिजो मृत्यु हुनुभन्दा तीन दिनअघि पनि आफ्नो राज्य हिमाञ्चल प्रदेशको विधानसभा चुनावमा मत खसालेका थिए ।

सेवानिवृत्त शिक्षक नेगी स्वतन्त्र भारतमा मतदान गर्ने पहिलो व्यक्ति मानिन्छन् किनभने उनको राज्यले हिमपातबाट बच्न सन् १९५२ को चुनावमा पाँच महिना पहिले मतदान केन्द्रहरू खोलेको थियो । त्यहि क्रममा उनले पहिलो मतदात गरेका हुन् ।

त्यसपछि जवाहरलाल नेहरू भारतको पहिलो लोकतान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्री बनेका थिए । गत साताको निर्वाचनमा निर्वाचन आयोगका अधिकारीहरूले नेगीको निम्ति रातो कार्पेट बिछ्याएका थिए ।

टिप्पणीहरू