आईएमई दशैं अफर : आठौँ र नवौँ हप्ताको नतिजा सार्वजनिक

आईएमई दशैं अफर : आठौँ र नवौँ हप्ताको नतिजा सार्वजनिक

आईएमईले आमसेवाग्राहीलाई लक्षित गर्दै दशैँ, तिहार, छठ र नेपाल सम्बत्लगायत चाडपर्वका अवसरमा सञ्चालनमा ल्याएको आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक उत्सव अफरअन्तर्गत आठौँ र नवौँ हप्ताका विजेताको नाम सार्वजनिक गरेको छ ।

पानीपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत सार्वजनिक गरिएको नतिजाअनुसार कतार र जापानबाट आईएमई मार्फतपैसा पठाएका सेवाग्राहीहरू क्रमश ः रञ्जितकुमार यादव र दीर्घराज जोशी आठौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् ।

त्यस्तै करुण अधिकारी र शिवजीप्रसाद गोपाल शाह नवौँ हप्ताको लागि साप्ताहिक विजेता छनोट भएका हुन् । उनीहरुले क्रमशः संयुक्त अरब इमिरेट्स र कुवेतबाट आईएमईमार्फत् नेपालमा रहेका आफन्तलाई उक्त अफर अवधिमा रकम पठाएका थिए ।

चारै जना साप्ताहिक विजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै सेवाग्राहीहरू रामशरण मण्डल, जोगीराम मेहर सिंह, शिवकुमार साडा, धरम बोहोरा, रमणकुमार सिंह, हिराबहादुर बिक र इर्कु पासवान आठौँ हप्ताको निम्ति दैनिक विजेताका रुपमा छनोट भएका छन् । उनीहरुले क्रमशः कतार, कुवेत, बहराइन, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, कतार र जापानबाट आईएमई मार्फत् नेपालमा रहँदै आएका आफन्तलाई उक्त अवधिमा रकम पठाएका थिए ।

त्यसैगरी शहदेव महरा, प्रमोदकुमार खाँण, विनोद माझी, गोपाल सार्की, आनन्दप्रसाद सुनार, शान्ता राई र दिपेश नकर्मी नवौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएको बताइएको छ । उनीहरुले कतार, संयुक्त अरव इमिरेट्स, कुवेत, दक्षिण कोरिया, बहराइन, जापान, संयुक्त अरब इमिरेट्स र कुवेतबाट नेपालमा पैसा पठाएका थिए ।

उनीहरु प्रत्येकले एक÷एक सेट सामसुङ मोबाइल उपहार स्वरूप प्राप्त गर्नेछन् । बाँकी सर्वाधिक पुरस्कार राशीको बम्पर विजेता छिट्टै विशेष कार्यक्रमको आयोजना गरी सावर्जनिक गरिने बैंकले जानकारी दिएको छ ।

टिप्पणीहरू