सेल्फी खिच्ने बहानामा गर्भवती पत्नीलाई भीरबाट खसालियो,पैसा खाने पतिको दाउ

सेल्फी खिच्ने बहानामा गर्भवती पत्नीलाई भीरबाट खसालियो,पैसा खाने पतिको दाउ

टर्कीमा सेल्फी खिच्ने बहानामा एक जना पुरुषले गर्भवती श्रीमतीलाई भीरबाट गुल्टाइदिएका छन् । सेल्फी लिएको केही समयमै उनलाई भीरबाट खसालिएको हो । यसवापत ती पुरुषलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

सन् २०१८ को जुनमा टर्कीको मुग्ला प्रान्तको बटरफ्लाइ भ्यालीमा सेमरा आयसललाई श्रीमान हाकान आयसलले एक हजार फिट माथिको भीरबाट धकेलिदिएका थिए । अदालतमा पेश गरिएको प्रमाणअनुसार हाकानले जीवन बीमा पोलिसीको रकम हात पार्न सात महिनाकी गर्भवती श्रीमतीको हत्या गरेका हुन् ।

हाकान आयसलले उचाइमा पुगेपछि डराएकी श्रीमतीलाई सेल्फी खिच्ने बहानामा ३०४ मीटर अग्लो भीरको छेउमा लगेर धकेलिदिएका थिए । श्रीमानले डरलाग्दो षड्यन्त्र गरेको र त्यसवापत पत्नीको तर्फबाट २५ हजार डलरको जीवन बीमा लिएको अदालतको फैसलामा उल्लेख छ ।

श्रीमतीको मृत्युपछि श्रीमानले तत्काल बीमा रकम दाबी गरेको न्यूयोर्क पोष्टले जनाएको छ । श्रीमतीको मृत्युपछि बीमा पोलिसीको एक मात्र हकदार आयसलले उनको तर्फबाट निवेदन हालेका थिए ।

तर,प्रहरीले सेमराको मृत्युबारे गरेको अनुसन्धानको क्रममा श्रीमानको बद्नियत देखेपछि बीमा दाबीको निवेदन खारेज गराएको थियो ।

टिप्पणीहरू