भान्सा नजिकै सुताइएका काखे शिशु आगोमा जले

भान्सा नजिकै सुताइएका काखे शिशु आगोमा जले

बाजुरामा आगोमा जलेर एक शिशुको ज्यान गएको छ । बूढीनन्दा नगरपालिका–९ अगाउँपानी बस्ने ज्ञानेन्द्र धामीको ५ महिने छोरा रियन्स धामीको आगोमा जलेर आज बिहान मृत्यु भएको हो ।

भान्सा नजिकै सुताइएका शिशुको शरिरमा एक्कासी आगो सल्किएको थियो । जलेर गम्भीर घाइते भएका धामीको उपचारको निम्ति जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

टिप्पणीहरू