काठमाडौँ २ मा अरु कसैले आश नगरे हुन्छ : ओनसरी घर्ती
नेकपा माओवादी केन्द्रकी नेतृ तथा पूर्णसभामुख ओनसरी घर्तीले सत्तारुढ गठबन्धनका कारण आगामी निर्वाचनमा आफ्नो जीत सुनिश्चित भएको दाबी गर्नुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ मा आज गरिएको चुनावी घरदैलो कार्यक्रममा उहाँले उक्त धारणा राख्नुभएको हो ।
सो क्षेत्रमा गठबन्धनको विजय सुनिश्चित भइसकेको उल्लेख गर्दै काठमाडौं २ को उम्मेदवार समेत रहनुभएकी नेतृ घर्तीले प्रक्रिया पूरा गर्न मात्रै मंसिर ४ गते कुर्नुपरेको जिकिर गर्नुभयो । उहाँको टोलीले आज काठमाडौं क्षेत्र नम्बर २ को कोटेश्वर क्षेत्रमा मतदाताहरुसँग भेटघाट गरेको छ ।
सोही क्रममा उहाँले भन्नुभयो, ‘हामी आम नागरिकमाझ गर्नसक्ने प्रतिबद्धता लिएर आएका छौँ । जे सक्छौँ त्यो गर्छौं । जे बोल्छौं, त्यो गर्छौं । हामी आगामी ४ गतेको चुनावी प्रक्रिया मात्रै पर्खिएर बसेका छौँ ।’
टिप्पणीहरू