ट्रिपरले बिजुलीको तार चुँडाल्यो, मोटरसाइकल चालकको ज्यान गयो

ट्रिपरले बिजुलीको तार चुँडाल्यो, मोटरसाइकल चालकको ज्यान गयो

पर्सामा ट्रिपरले चुँडालेको तारबाट करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट नजिकै ना.८ ख ३८४९ नम्बरको ट्रिपरले माटो झारेपछि पछाडि हटाउने गर्ने क्रममा विद्युतको तार चुुडिँदा उक्त दुर्घटना भएको हो ।

ड्राईपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेको ना.४६ प ५५४२ नम्बरको मोटरसाइकमा सवार बहुदरमाई नगरपालिका–४ बहुअरी पिडारी बस्ने ४५ वर्षीय नागेन्द्रप्रसाद यादवको अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ट्रिपरले चुँडालेको तारबाट करेन्ट लाग्दा अर्का एक जना घाइते भएका छन् । घाइते १९ वर्षीय सिकेन्द्रप्रसाद यादवको नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।

ट्रिपरका चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू