बैंकको चर्को ब्याजविरुद्ध सिरहामा पनि प्रदर्शन
बैक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजविरुद्ध राजधानी र बुटवलपछि अन्यत्र पनि प्रदर्शन हुन थालेको छ । चर्को ब्याजको मारमा परेका व्यवसायी र सर्वसाधारणले सिरहामा विरोध प्रदर्शन गरेका हुन् ।
सिरहाको प्रमुख व्यापारी केन्द्र लहान, मिर्चैया र गोलबजारका स्थानीय व्यापारी तथा सर्वसाधारणले हिजो आन्दोलन गरेको बताइन्छ ।
स्थानीय बैंक तथा वित्तीय संस्थाहरुले समयमा ऋण उपलबध नगराउने, आफ्ना नजिकका र चिनेजानेकालाई मात्र ऋण दिने तथा मनमौजी तरिकाले ब्याजदर तोकेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी व्यापारीहरुले बैंकका कर्मचारीहरुले ऋण लिने क्रममा जायजेथा र धितोको मूल्याङ्कन गर्ने क्रममा थप रकमको निम्ति अनेक बहाना बनाउने गरेको बताए ।
टिप्पणीहरू