सुरक्षा निकायका प्रमुखहरु एकाबिहानै सुर्खेत प्रस्थान

सुरक्षा निकायका प्रमुखहरु एकाबिहानै सुर्खेत प्रस्थान

नेपाली सेनाको हेलिकप्टरमा भर्खरै सुरक्षा निकायका दुई दर्जन उच्च अधिकारीहरु सुर्खेत पुगेका छन् । सेनाको एन ए ०६२ कल साइन भएको र दुई तारे जर्नेल अर्जुन नर्सिङ्ग राणासहित बृगेडियर जर्नेल रामशरण बोहोराले उडाएको कासा हेलिकप्टरमा गृह सचिव विनोदप्रकाश सिंहको २४ सदस्यीय टोली त्यता गएको हो ।

हेलिकप्टर बिहान ९ बजे काठमाडौंबाट उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्रोतले बताएको छ । टोलीमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल हुनुहुन्छ ।

त्यसैगरी नेपाली सेनाका नम्बर २ सरोजप्रताप राणा,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासहित दुई दर्जन अधिकारीहरु टोलीमा सामेल हुनुहुन्छ । तीमध्ये विशेषगरी गृह मन्त्रालयका सहसचिवहरु फणिन्द्रमणि पोखरेल, वसन्त भट्टराई,मेजर भावना राणा,क्याप्टेन नवराज थापा र आदेश खड्का पनि टोलीमा छन् ।

वरिष्ठ नायव निरीक्षक भरतबहादुर सिंह,प्रहरी नायव उपरीक्षक हेमन्त कार्कीलगायत निरीक्षकहरु,शाखा अधिकृतहरु,लेखापाल, नायव सुब्बा,कम्प्युटर अपरेटर पनि सोही हेलिकप्टरमा सुर्खेत गएका छन् ।

टिप्पणीहरू