उदयपुर अटो दुर्घटनामा १ को मृत्यु, ८ घाइते

उदयपुर अटो दुर्घटनामा १ को मृत्यु, ८ घाइते

उदयपुरमा अटो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–४, बगाहा बस्ने ५ वर्षका नुजल मगर हुन् ।

स्थानीय दियालेस्थित सडकमा साउनेबाट गाईघाटतर्फ जाँदै गरेको प्र १–०५–००१ ह ००२७ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको हो । घाइतेहरुमध्ये पाँच जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका नुजलको पनि सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । हिजो साँझको दुर्घटनामा परेका अन्य तीन जनालाई थप उपचारको निम्ति धरानस्थित घोपा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

टिप्पणीहरू