अरबिन्द केजरीवाल स्टाइलमा उपेन्द्र, पाएसम्म यादव नभए मुस्लिम
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवार चयनदेखि चुनावी प्रचार प्रसारसम्म नयाँ शैलि अपनाएका छन् । उनले पाएसम्म यादव थरका र नपाए मुस्लिम समुदायकालाई उम्मेदवार बनाएको प्रष्ट हुन्छ ।
अहिले उपेन्द्रको त्यहि शैलीलाई भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्रीको चुनावी रणनीतिझैँ अरबिन्द केजरीवाल ‘स्टाइल’ भन्न थालिएको छ । १७ मध्ये झण्डै एक दर्जन यादव थरका व्यक्तिलाई आगामी चुनावमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाइएको छ । बाँकेमा मोहम्मद इस्तियाक राइन उठेका छन् । राइन र मधेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी मुस्लिम समुदायका हुन् ।
मुस्लिम उम्मेदवारलाई निर्वाचित गराउन जनता समाजवादी पार्टी नेपाल समर्थकको नाममा खोलिएको फेसबुक पेजमा हिन्दू,हिन्दू धर्मावलम्बी,ब्राम्हण र हिन्दू मन्दिरको चर्को विरोध गरिएको छ । फेसबुकमा चित्र बनाउँदै लेखिएको छ, ‘बाहुनलाई भोट र मन्दिरलाई नोट कहिले नदिनु, सँधै घाटा नै हुनेछ ।’
टिप्पणीहरू