अष्ट्रेलियामा दुई सातावीच तीन नेपालीको निधन

अष्ट्रेलियामा दुई सातावीच तीन नेपालीको निधन

अष्ट्रेलियामा नेपालीहरुको संख्या बढेसँगै निधन हुने, हराउने र दुर्घटनामा मारिनेको संख्या पनि सोही अनुपातमा बढेको छ । दुई सातामा विविध कारणले तीन जनाको ज्यान गएको छ ।

स्थानीय समयअनुसार सोमवार एउटी नेपाली युवती मृत फेला परेकी छन् । उनको शव सिड्नीको पारामाटा नजिकै स्टेशनमा फेला परेको हो । परिचय परिवारको आग्रहमा गोप्य राखिएको छ ।

युवतीको निधन हत्या, आत्महत्या वा दुर्घटना के हो भन्नेबारे केही खुलाइएको छैन । सिड्नीस्थित नेपाली वाणिज्यदूत दीपक खड्काले उक्त घटनाको पुष्टि गरेका छन् ।

यसअघि अक्टोबर २४ मा नेपालबाट त्यहाँ पुगेको दुई महिनामै एक युवकको ज्यान गएको थियो । म्याग्दीका ती युवकले आफ्नो अपार्टमेण्टको पाँचौं तल्लाबाट हाम्फालेर आत्महत्या गरेका थिए । उनी मानसिक तनावबाट गुज्रिएका कारण उक्त दुर्घटना भएको बताइन्छ ।

नोभेम्बर महिनाको शुरुमा २ तारिखका दिन पनि एक जना नेपाली विद्यार्थी मृत अवस्थामा भेटिएका थिए । स्थानीय समयानुसार हिजो न्यु साउथवेल्स प्रहरीले मनिष ढकाल भन्ने व्यक्ति बेपत्ता भएको सार्वजनिक सूचना जारी गरेको छ ।

टिप्पणीहरू