सुदूरपश्चिममा केही दिन सावधानी अपनाउन भूकम्पविदको सल्लाह

सुदूरपश्चिममा केही दिन सावधानी अपनाउन भूकम्पविदको सल्लाह

हिजो बेलुकी र गएराति आधा दर्जनभन्दा बढी पटक भुईंचालो गएपछि सुदूरपश्चिममा थप सतर्कता अपनाउन स्थानीयलाई भूकम्पविदले सल्लाह दिएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ बिज्ञ लोकविजय अधिकारीले सो क्षेत्रमा आगामी केही दिन सतर्क हुनुपर्ने बताउनुभयो ।

आज बिहान डोटीमा ६.६ म्याग्निच्यूडको भूकम्प गएको छ । भूकम्पबाट छ जनाको निधन भइसकेको छ । त्यत्ति नै संख्यामा घाइते भएका छन् । ठूलो भुईंचालो जानुअघि हिजो साँझदेखि उक्त क्षेत्रमा साना परकम्प गएको बताइएको छ ।

हिजो साँझदेखि रातिसम्मको पाँच घण्टामा सात पटक पराकम्प गएको थियो । राति ६.६ म्याग्निच्यूडको भूकम्पले ठूलो क्षति पुर्याएको छ । अहिले सो क्षेत्रमा उद्धार कार्य जारी छ । नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,नेपाली सेनाको टोलीले उद्धार गरिरहेको जानकारी दिइएको छ ।

सो क्षेत्रमा हिजो राति ९ बजेर ७ मीनेटमा ५.७ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसपछि पाँच घण्टाको सात पटक भूकम्पको झट्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

टिप्पणीहरू