२ वटा मोटरसाइकलमा साढे १० किलो सालकको खपटा
मोटरसाइकलमा १० किलो सालककको खपटा बोकेर हिँडेका दुई जना पक्राउ परेका छन् । रामेछापको दोरम्बा गाउँपालिका–७, थापागाउँ घर भएका ३८ वर्षीय प्रेमबहादुर विक र खोटाङ अर्खल गाउँपालिका–९ घर भएका २१ वर्षीय अर्जुन मगरलाई प्रहरीले काठमाडौंको गोंगबु चोकबाट पक्रेको हो ।
प्रहरीले विकले प्रयोग गरेको बा.५८प ८३३७ नम्बरको मोटरसाइकल र मगरले प्रयोग गरेको बागमती प्रदेश ०२–०२८ प ७६७२ नम्बरको मोटरसाइकलसहित साढे १० किलो सालकको खपटा बरामद गरेको हो ।
आज सार्वजनिक गरिएका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
टिप्पणीहरू