राजधानीको सडकमा चुनाव विरोधी नारा
संयुक्त चार कम्युनिष्ट पार्टीले आज राजधानीमा आगामी निर्वाचन बहिष्कार र अवज्ञाको अनुरोध गर्दै प्रदर्शन गरेका छन् । ने.क.पा. (क्रान्तिकारी माओवादी), ने.क.पा. (बहुमत), ने.क.पा. (मशाल), माओवादी कम्युनिष्ट पार्टी, नेपालले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।
रत्नपार्कबाट निकालिएको जुलुसमा उनीहरुले प्रतिक्रियावादी पुँजीवादी संसदीय व्यवस्था मूर्दावाद,नयाँ जनवाद – वैज्ञानिक समाजवाद जिन्दावाद मूलनारा लेखिएको ब्यानर बोकेका थिए ।
शहीद गेट,न्यूरोड हुँदै पुनः रत्नपार्कमा आएर निर्वाचन बहिष्कार तथा अवज्ञा सभाको र्याली गोपाल किराँतीको नेतृत्वमा निस्केको हो । सभालाई मोहन वैद्य (किरण), धर्मेन्द्र बास्तोला (कन्चन), हेमन्तप्रकाश ओली, सन्तबहादुर नेपाली र गोपाल किराँतीले सम्बोधन गर्ने कार्यक्रम छ ।
टिप्पणीहरू