मन्त्री बिते पनि मोरङ ३ (क) को चुनाव मंसिर ४ मै

मन्त्री बिते पनि मोरङ ३ (क) को चुनाव मंसिर ४ मै

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनतर्फ मोरङ क्षेत्र नम्बर ३ (क) का लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । सो क्षेत्रमा नेपाली काँग्रेसबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधनपछि आयोगले उम्मेदवार मनोनयनको निम्ति नयाँ तालिका तय गरेको हो ।

जसअनुसार भोलि मनोनयन दर्ता र उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ । भोलि नै विरोधमा उजुरी दिने,मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी २५ गते नामावली सार्वजनिक गर्ने योजना छ । कार्यतालिकाअनुसार कात्तिक २५ गते अपरान्ह उम्मेदवारले चाहेमा आफ्नो नाम फिर्ता लिन सक्नेछन् ।त्यसपछि अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम पनि तय भएको छ । मतदान पूर्ववत् मंसिर ४ गते नै हुनेछ ।

टिप्पणीहरू