तीन महिनाकी सुत्केरी तीन दिनदेखि बेपत्ता

तीन महिनाकी सुत्केरी तीन दिनदेखि बेपत्ता

मुगुको खत्याड गाँउपालिका–८ रिगागाँउकी २४ वर्षीया रमाना गिरी तीन दिनदेखि बेपत्ता भएकी छन् । उनी सोमबारदेखि घरबाटै बेपत्ता भएकी बताइन्छ ।

बाजुराको बुढिनन्दा नगरपालिका–१, माइती भएकी गिरीले पाँच वर्षअघि मुगुको खत्याड गाँउपालिका–८, रिगागाउँका २८ वर्षीय प्रेमलाल गिरीसँग विवाह गरेकी थिइन् । उनका चार वर्षीय छोरा र तीन महिने छोरी छन् । माइती पक्षले भने परिवारले नै बेपत्ता बनाएको आरोप लगाएको छ । तीन महिने छोरी छाडेर रमना बेपत्ता हुनै नसक्ने माइती पक्षको दाबी छ ।

माइती पक्षले घटनाको छानबिन गर्न प्रहरीमा उजुर गरेका छन् । खोजबिनमा अग्रसरता देखाउन दबाब दिँदै माइती पक्षका २५ जनाले सुकाढीक प्रहरी चौकीमा धर्नासमेत दिएका छन् ।

उनका श्रीमान प्रेमलाललाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू