सुदूरपश्चिममा भूकम्पको अर्को धक्का
सुदूरपश्चिम प्रदेशमा आज बिहान अर्को भूकम्पको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान बाजुरामा भूकम्प गएको हो ।
बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर अर्को भूकम्प गएको बताइएको छ ।
भूकम्प ४.१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ ।
अस्ति बेलुकी र हिजो बिहानीपख खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर तीनवटा ठूला भूकम्प गएका थिए । हिजो बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा घर भत्किँदा छ जनाको मृत्यु भएको थियो ।
हिजोको भूकम्पको धक्काले आठ वटा घर भत्किएको छ । अन्य जिल्लाका क्षतिबारे विवरण संकलन भइरहेको बताइएको छ ।
टिप्पणीहरू