गोकुल बाँस्कोटामाथि गम्भीर आरोप लगाउँदै काभ्रेका दुई दर्जनले एमाले छाडे,

गोकुल बाँस्कोटामाथि गम्भीर आरोप लगाउँदै काभ्रेका दुई दर्जनले एमाले छाडे,

काभ्रेपलाञ्चोकमा चुनावको पूर्वसन्ध्यामा २५ जनाले एमाले पार्टी छाडेका छन् । पूर्व जिल्ला कमिटी सदस्यसहितले एमाले छाडेर काँग्रेस प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेस प्रवेश गर्नेमा पूर्व एमाले जिल्ला कमिटी सदस्य भुवनकुमार मल्लसहित सोमलाल तामाङ्ग, कृष्णबहादुर मल्ल, नवराज लम्साल, सरिता तामाङ्गलगायत २५ जना भएको बताइएको छ ।

लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर २ का साझा उम्मेदवार समेत रहेका नेपाली काँग्रेसका पूर्व सांसद शिवप्रसाद हुमागाईंले टीका लगाएर उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

एमाले छाड्नेहरुले पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार भ्रष्टाचारमा लिप्त भएको उनले पार्टीभित्र व्यक्तिवादी र हैकमवादी प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।

टिप्पणीहरू