भीरबाट लडेका युवक अस्पालमा बिते

भीरबाट लडेका युवक अस्पालमा बिते

गुल्मीको रेसुङ्गा नगरपालिका–६ गुरुङ्ग टोल बस्ने ३५ वर्षीय समशेर गुरुङ्गको भीरबाट लडेर मृत्यु भएको छ । हिजो बिहान घरबाट खेत गएका गुरुङ्ग अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाई सोही ठाउँस्थित कात्तिके सामुदायिक वन नजिकै लडेर घाइते अवस्थामा फेला पारेका थिए ।

गुरुङ्गको उपचारको क्रममा जिल्ला अस्पताल तम्घासमा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।

टिप्पणीहरू