फुङलिङमा राष्ट्रिय विभूतिको शालिक निर्माण, भोलि अनावरण
-कमल भट्टराई
मुलुकका १६ औं राष्ट्रिय विभूति मुहिङ्गुम अङ्सिमाङ् फाल्गुनन्द लिङ्देनको १३८ औं जन्मजयन्ती भोलि मनाईंदैछ । ताप्लेजुङको फुङलिङ बजारमा पनि भोलि विशेष कार्यक्रमका साथ जन्मजयन्ती मनाइने बताइएको छ ।
फुङलिङ नगरपालिका ६ को काहुलेमा निर्माण गरिएको किराँत हाङसाम्माङहिमको उद्घाटन तथा फुङलिङ नगरपालिका ४ को तोक्मा डाँडामा निर्माण गरिएको राष्ट्रिय विभूति फाल्गुनन्दको १६ फिट अग्लो शालिक अनावरण गर्न लागिएको हो ।
यस पटकको १३८ औं फाल्गुनन्द जन्मजयन्ती ताप्लेजुङमा विशेष रुपमा मनाउन लागिएको हो । कार्यक्रममा इलामको माङ्सेबुङबाट मूहिङ्गुम अङसिमाङ आत्मानन्द लिङदेन सेइङ तथा मूहिङ्गुम अङसिमामाङ साँबा पवित्रहाङमा लिङदेनसमेतको उपस्थिति हुने जनाइएको छ ।त्यसैगरी प्रदेश १ का प्रमुख पर्शुराम खापुङ प्रमुख अतिथि रहने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका लेखबहादुर पालुङवाले जानकारी दिए । यस पटकको जन्मजयन्ती कार्यक्रमले ताप्लेजुङमा नयाँ इतिहास रचिने आयोजकहरुको विश्वास छ ।
टिप्पणीहरू