राजनीतिक सङ्गठनका विचलित व्यवहारले बिर्सिएको-बाटो हराएको गाँऊ (१)
–जगदीशराज बराल
“घर को खोजें रात दिन घर से निकले पाँव
वो रस्ता ही खो गया जिस रस्ते था गाँव ।”
–निदा फाँजली, ‘मलाई पनि सँगै लैजाउ तिमी जाने ठाँऊमा,झोला बोकी हिँडि हाल्छु म पनि त्यो गाँऊमा’,‘धेरै नै टाढा छ हामी पुग्ने ठाँऊ,लगातार अघि बढदै जाऊँ । ’ मैले विराटनगरको महेन्द्र मोरङ्ग आर्दश बहुमुखी क्याम्पसमा पढ्दा हाम्रा साथीहरुको मुखबाट झण्डै ४०बर्ष अगाडी सुनेका यी गीतहरु पनि बुढो भै सके ।
धेरै राजनीतिज्ञहरु जसले विचार ,सिद्धान्त, आदर्श बोकेर राजनीतिमा लागे,घरबार छोडेर आफ्ना पाइला जनताको–घर र जन–गाँऊको लागि भनेर जुन बाटोमा हिँडे उहाँहरु पनि बुढो भै सक्नु भयो । जुन बाटो हिडेर जनताको–घर,जन–गाँऊ जानुपर्छ भनेर उहाँहरुले अरुलाई सिकाउनु भयो र सिकेकाहरुले पक्कै त्यही बाटो हिँडे होलान भनेर ढुक्क भएकाहरु मात्र हैन त्यही बाटो हिँडेर त्यही घर गाँऊमा जान निस्केका युवा राजनीतिज्ञहरु पनि आफ्ना अग्रजहरुले कुन बाटो हिडाईएर कुन गाँऊ पु¥याउने हुन भनि मन भारी बनाउन थालेका पाइन्छ ।
पूर्व राष्ट्रपति रामबरण यादवले नेपाली काँग्रेसको सम्बन्धमा हालै भन्नु भएको कुराले चर्चा पाएको प्रसङ्ग तुरुन्तै सेलाउने वाला छैन । नेपाली तथा नेपाली काँग्रेसका पुराना अगुवा अनारसिंहका बिचारहरु यूटुवमा हेर्छु । अहिलेका काँग्रेस हुन वा बाम सवैले राजनीतिबाट बिचलित भै सकेका र अव राजनीतिक संगठनले सांगठनिक मूल्य मान्यता गुमाईसकेको विचार दिनु हुन्छ ।
बीपी र अरु अग्रजहरुलाई बिर्सेको नेपाली काँग्रेसभित्र अहिले गुरु घिमिरे,पूरञ्जन आचार्य,विश्वप्रकाश शर्मा,लवश्री –कुशश्री न्यौपाने,मृदृला घिमिरे,मणिक ढकाल,ध्रुवराज अधिकारी,महेश आचार्य,लक्ष्मण घिमिरे,तारा बहादुर कोइराला,वीपीन कोइराला,मोहन बराल,उज्जवल बराल लगायतका मात्र हैन स्वयं शेखर कोइरालामा समेत प्रचुर उत्साह प्रष्फुटित भएको देखिएन भनेर सर्वसाधारणले समेत चियो चर्चा गर्न थालेको अवस्था छ ।
नेपाली काँग्रेस(वीपी) नामको अर्को काँग्रेस दलको सक्रियता ह्वात्तै बढेको छ । उमेश गिरिले त काँग्रेस छोेडेर एमालेमा प्रवेश गरेर काँगेसको विरोधमा विवादस्पद टिकाटिप्पणी सोसल मीडीयामा गर्न थाल्नु भएको छ ।
मोहन चन्द्र लगायत पुराना बाम नेताहरुको पनि अव थोरैमात्र बाम नेताहरु बिचार र सिद्धान्तनिष्ठतामा बसेका छन् भन्ने बिचार ब्यक्त गरेको पाइन्छ । नेताहरु सीपी गजुरेल,लेखनाथ न्यौपाने,डा.ऋषिराज बराल,घनश्याम भूषाल,लोकेन्द्र बिष्ट,देवकी ख्डका,हस्त केसी,भरत पोखरेल ,आहुती,विप्लवहरुबाट बर्तमान नेपाली राजनीतिका बिकृतिहरुबारे ब्यक्त बिचार जनतामाझ छर्लङ्ग भएकै छन् ।
पुरानो बाम केशव गौतम निष्क्रिय देखिनु भएको छ । रामेश्वर भरतराज पोखरेल एमालेसँग आशाको आग्रह गर्दै हुनुहुन्छ । एमालेका रामचन्द्र भण्डारी हेर्दै जाऊँ भन्दै गर्दा माओबादी हरिबोल गजुरेल रोइलो गर्दै हुनुहुन्छ । लिलामणी पोखरेलको तामझाम सेलाएको छ । राम रिझन यादव स्वतन्त्र देखिनु भएको छ । गत नोभेम्बर ०२, ई.सं. २०२२ मा योहो टेलीभिजनमा प्राज्ञ,लेखक,बुद्धिजिवि तथा पूर्व महान्यायधिबक्ता युवराज सँग्रौला र पुराना अगुवा बाम नेता मोहन बैध किरणले बहशमा बिचारहरु दिनु भयो ।
युवराज सँग्रौलाले महेन्द्र राजाको साशनकालको बखत राजा आफु दरबारमा बसेर साशन गरेपनि बिज्ञहरुलाई शिक्षा लगायत विभिन्न क्षेत्रमा काम गर्न बोलाएर समाजलाई रुपान्तरा गर्न लाएका थिए । राजा महेन्द्र पछि चाटुकारहरु हावी भए । अव त सवै समाप्त भयो, नेपाली राजनीति माफियाकरण भएको र अशल मान्छे देश छोडेर जानुपर्ने स्थिति भएको बिचार दिनु भएको थियो ।
राजनीतिमा–“सफलता भनेको देश र जनताको हितको निम्ति सही बिचारधारा,सहि राजनीति अवलम्बन गर्दै त्यही विचारधारा र त्यही राजनीतिको निम्ति जीवनभर सङ्गर्ष गर्दै जानु हो । संघर्ष सफल हुनपनि सक्छ,उदेश्य प्राप्त हुन पनि सक्छ नहुनपनि सक्छ त्यो अलग कुरा हो । ” “देश र जनताको हितको निम्ति सही एउटा बिचार धाराको निम्ति निष्ठावान भएर अगाडी बढनु,विचलित नहुनु सफलताको मापदण्ड हो । ”
“हेर्दा माधव,प्रचण्ड,ओली चारैतिर कम्यूनिष्ट छन् तर उहाँहरुले कम्यूनिष्ट बिचार छोडी सक्नु भयो । नेपाली काँग्रेसकाट संसदबादी विचार खोस्नु भयो । उहाँहरु ‘काङ्गरुनिष्ट’ हुनु भयो ।” “चुनावमा टिकट दिएन भनेर पार्टी छोड्ने प्रवृतिले राजनिित तुहियो । चुनाव लड्न पैसाको खोलो बगाउनु पर्छ । यो लोकतन्त्र हैन अभिजाततन्त्र हो ।” जस्ता उपरोक्त विचारहरु उक्त योहो टीभी मार्फत मोहन बैधले दिनु भयो ।
पुराना राजनीतिक अगुवा ,पुष्पलालका बिश्वासपात्र पुराना बामपन्थी पछि नेपाली काँग्रेसमा प्रवेश गर्नु भएका ,राष्ट्रिय सभाका पूर्व सदस्य मोहन चाँपागाईले केही महिना अगाडी मलाई मेशेन्जरमा पनि पठाउनु भएको सहित उहाँसग योहो टिभीले नोभेम्बर २०–ई.सं.२०२० र जुलाइृ ०८– ई.सं.२०२२मा तथा साझा बहशले मार्च १८– ई.सं.२०२१ मा भएको केही टेलीभिजनसँगको साक्षात्कारकोे यूटुबहरु सुने । त्यसैगरी उहाँका सामाजिक सञ्जाल फेशबुकका वालहरु पनि हेरेँ ।
उहाँले दलहरुका नेताहरुले दलको बिशुद्ध सांगठनिक प्रकृति नै बिटुल्याएको आशय ब्यक्त गर्दै देहाय अनुसार बिचार दिनु भएको पाइन्छ :
(क) सामाजिक सञ्जालको वालबाट :
“… नेपाली राजनीतिक दलको स्थितिमा बिकृति उत्पन्न हुनमा पदको लोभ, महत्वाकांक्षा जस्ता अनावश्यक मानसिकता हुन् भन्ने मेरो सोचाई छ । शोभाले सुशोभित हुने तर त्यो पदको
कुनै प्रकारको महत्व नहुने कारणले गर्दा सबै राजनीतिक दल कमजोर हुन पुगेको जस्तो लाग्छ….। ”
“नेपाली कांग्रेसको नेतृत्वमा अनावश्यक रुपमा त्रय नेताको अवधारणा अगाडि सारेर गणेश मान सिंह, कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोइराला दाजुलाई यो सम्युक्त दर्जाले सुशोभित गरियो जबकि यसको कुनै औचित्य थिएन । कुनै पनि राजनीतिक दलको नेतृत्व यौटा व्यक्तिलाई दिइएको हुन्छ,बहुनेतृत्व स्वभाविक रुपमा विवादको कारण हो । नेपाली कांग्रेसको मुख्य कमजोरी औंल्याउँन पर्दा मेरो सोच यसमा जान्छ । ”
“विश्वेश्वरप्रसाद कोइरालालाई’महा मानव’को पदवी प्रदान गरिएको थियो र छ तर उहाँका विचार सिद्धान्त एवं नीति, अवधारणाको धज्जी उडाउने काम भएको छ । गणेश मान सिंह ज्युलाई ’सर्वमान्य नेता’को अलङ्कारले शोभायमान पारियो तर पार्टीले उहाँलाई कुनै महत्व दिएको देखिदैन, उहाँको सुझाव सल्लाह मानिएको जस्तो मलाई लाग्दैन । ”
“कृष्ण प्रसाद भट्टराईलाई’सन्त नेताको’ के खालको राजनीतिमा सुन्दै नसुनेको पदको रुपमा रातो गुलाफको काँडा काँडा भएको माला लगाएर स्वागत गरिएको छ तर उहाँले आफ्नो पार्टीको मान अपमान सबै सहन परेको छ जस्तो लाग्छ मलाई । ”
“अहिले वर्तमान समयमा सबै जसो तथाकथित राजनीतिक दलका नेताहरुले यस्तै उस्तै पद पाएका छन्, आफैं मागेका छन्, कोही प्रमुख नेता, कोही वरिष्ठ नेता, कोही दोस्रो तहको बरिष्ठ नेता यस्तै उस्तै । यसलाई मेरो मान्यतामा नौटङ्की मात्र नभएर पार्टीलाई गुट उपगुट आदिमा बाँटफाँट गर्ने बिजारोपण हो । ”
“पदले विभूषित गरिएको नेतृत्व सबल हुन सक्दैन । राजनीतिक दलको नेतृत्व बाँटफाँट गर्ने होइन, कार्यकर्ताले स्वीकारेको एकल नेतृत्व हुन्छ,हुनुपर्छ,तबमात्र पार्टीको संगठन बलियो दरिलो हुन्छ । ” (अगष्ट ३०,२०२१) ।
“बीपी (सान्दाई)र पुष्पलाल(माल्दार्ई)को नाम पवित्र आत्माले लिने गरेको छु । ” ( जून १६,२०२२) । “…नेपाली राजनीतिमा गठबन्धन भन्ने शब्द आएको छ म यसलाई मान्दिन । विचार सिद्धान्तमा गठबन्धन,सठबन्धन ,लठबन्धन हुँदैन, हुन्छ भने यो राष्ट्र र जनताको पक्षमा हुन्न । यो क्षणिक स्वार्थबन्धन हुन्छ ,लुटबन्धनको संप्रेषण समाम्त भए पछि यसले निराशाको रूप लिएर पलायनको संकेत गर्छ । ” (सेप्टेम्बर २५ ,२०२२ ) ।
“राजनीतिमा नैतिक ईमानदारिता भएन भने त्यो राष्ट्र र जनताको पक्षमा हुँदैन । राजनीतिक दलको मुख्य तारो केवल सत्ता भएमा त्यसले राष्ट्रको अस्तित्वलाई संकटमा धकेल्छ । वर्तमानमा नेपाली राजनीति यस्तै परिधि भित्र रूमल्लिरहको छ । यो चक्रबाट मुक्तहुने छाँट छैन,देखिन्न । जुन देशमा राजनेताको अभाव हुन्छ यस्तै स्वार्थतन्त्र चलिरहन्छ । ”
“प्राकृतिक स्रोतसाधनको दोहन गर सत्तामा चिप्क ,डरत्रास ,हत्या हिंसाको संकेत गर सत्तामा भाँडभैलो गरेर रैथाने बन । नेपालको धन हरियो बन भन्ने आदर्श सत्य वाक्य २०३६ सालको जनमत संग्रहको बेला कोशीमा लगेर बगाईयो । ”
“नदी नाला सबै मूल्यहीन बनाईए । सगरमाथा टाटेपाटे बनाउँन खोजिंदैछ ,बुद्धका हात चुँडिन लागेको छ,बुद्धका नाक कान आँखा मात्र नभएर मूलशरीर नै कुरूप पार्न खोजिंदैछ,पशुपतिलाई शिवस्वरूपबाट अलग गराउँने प्रयास भैरहेको छ । बाह्र ज्वोतिर्लिङ्गको तन्काईमा साक्षात् शिवरूप पशुपति नेपालीत्वबाट टाडा लैजाने प्रयास भएको छ!जनकपुत्री जानकी दाईजो जस्तो बस्तू बनाइन्छकी भन्ने त्रास छ । चारैतिर नेपाली अस्तित्व सञ्चयी संकटको चक्रब्यूहमा फँस्दैछ । ” (अक्टोबर ०८,२०२२) ।
“… वर्तमानका राजनीतिक संगठनका प्रमुखहरूका बोली सञ्चार माध्यममा सुनिन्छ ,देखिन्छ । … राष्ट्र र जनताको हितको कुरा पटक्कै छैन । आआफ्नै पुराणको वाख्यान छ । कथा पुराणका देवताले एकार्कालाई श्राप दिए झैं छ नेपाली राजनीति कर्मीको जीवनशैली ..। ” (अक्टोबर २१ ,२०२२ ) । ”
नेपाली राजनीति अमूर्तरूपमा छटपटाईरहेको छ । यसलाई तङ्ग्रिन निकै गाह्रो छ!आदरणीय प्रिय नेपालीको नियतपूर्ण सोचले उठाउँन सक्छ कि । ” (अक्टोबर २८ ,२०२२ )
(ख) टेलीभिजन :
“… राजनीति भनेको जागीर खाने बाटो हो , अहिले कम्युनिष्ट हरूको गुजारा यही राजनीतिबाट चलदै छ ।…. पुष्पलाल सँग पैसा थिएन । उनी निरीह भएर मरे । “ “… अहिलेको नेतृत्वले सम्हालन सक्दैन ,अस्तब्यस्त चली रहन्छ ।… महेन्द्रको जाती इज्जत इतिहासमा कसैको छैन । प्रचण्ड र बाबुरामलाई थुनिएन तर मोहन बैध र सीपीलाई थुनियों कीन ?
“ मोदी काठमाडौं नआएर जनकपुर सिधै जान मिल्छ र ? …जनकपुरको मुख्य मन्त्रीले मोदी सँग केंद्रले केन्द्रले पेल्यो भनेर गुनासो गरे । केन्द्रलाई वास्ता गरेनन् । देश कहाँ पुग्यो ? “ “..यति सानो राष्ट्रमा सङ्घ राज्य चल्दैन,प्रदेशको काम छैन , बिकेंद्रीकरण गरेर स्थानीयलाई अधिकार दिनुपर्छ ।..” “ राणाको बिरोधमा क्रांति गर्ने तर राणासँग सम्झौता गरेर मोहन शमशेरको गृह मन्त्रि खानु गल्ती थियो । बि.सं.२००७को यता देखिको साशन ब्यबस्था …. काँग्रेस सकियो । गज्याङ्ग गुजुङ्ग मात्र बाँकी छ । काँग्रेसले राष्ट्र बचाउने सिद्धांत छोडेर भागबण्डा च्यांखे थापने मात्र भएका छन । ”
“…छाड़ातन्त्र–भाँड़तन्त्र–सिद्धांत नभएका तन्त्रका संगठन प्रमुख भएका छन,नेपालमा राजनीति छैन र राजनीतिक दल छैन,राष्ट्रको लागि सोच्ने भन्दा आफु र आफ्ना लविको फायदा हुन्छ भन्ने नेताहरु छन…। ” “कार्यकर्ता र जनताको रुपमा हुन्जेल ईमानदार हुने तर,नेता भएपछि बेईमान हुने देखियो…” । .
महोत्तरी निर्वाचन क्षेत्र ०३ का प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार तथा पूर्व मन्त्रि लोसपा अध्यक्ष महन्थ ठाकुर चुनावी प्रचारकों क्रममा घरदैलोमा मटिहानी नगरपालिका– ९ सिमरदहीमा जाँदा स्थानीय बासिन्दाले दुख–बिपतिकों बेला नआएको पहिलेका जे जे समस्या थिए त्यसको कुनै सम्बोधन नगरेको भनेर पुरानै गुनासो व्यक्त गरे छन् । (रञ्जन भण्डारी–समाचारदाता,२०७९। मुसहर बस्तीमा महन्थलाई प्रश्न– पाँच वर्षसम्म कहाँ हराउनुभयो ? । नयाँ पत्रिका ,दैनिक । वि.सं २०७९ कार्तिक १९ शनिबार डिजिटल संस्करण कार्तिक १८ गते) ।
सामाजिक सञ्जालमा प्रविष्ट भएको एपी वान टेलीभिजनको ई.सं.२०२१ मार्च ३१ को यूटूबको केही अंश हेरे पछि मैले खोजेर भूषण दाहालले नेका नेता प्रदीप पौडेल सँग लिनु भएको साक्षातकार पूरै हेरें । उहाँले पूर्व प्रधानमन्त्रि गिरिराज प्रसाद कोइरालाले हरेक क्षेत्रमा बढ्दै गएको राजनीतिकरणको चिन्तालाई पूर्न उजागर गर्नुका साथै सङ्गठन व्यवहारबारे पनि प्रकाश पार्नु भएको थियो ।
(यो बिचारको बाकीँ अंश अर्को अंकमा क्रमश…)
टिप्पणीहरू