घाँस काट्न गएकी महिला रुखबाट खसिन्
चितवनमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । ईच्छाकामना गाउँपालिका–३, दारेचोक दान्ताराङस्थित ४५ वर्षीया सुमित्रा दमाईको रुखबाट खसेपछि ज्यान गएको हो ।
घरबाट अन्दाजी ७० मिटर टाढाको एउटा रुखमा घाँस काट्ने क्रममा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
टिप्पणीहरू