सीम क्षेत्रको प्रवद्र्धनका लागि सिमसार म्युजिक फेस्टिबल
‘विथ लोकल नेपाल’ र कुटुम्ब ब्यान्डको आयोजनामा सिमसार म्युजिक फेस्टिभल शुरु हुन लागेको छ । कीर्तिपुरको सिम क्षेत्रमा पहिलो पटक हुन लागेको म्युजिक फेस्टिबल आज दिउँसो १२ बजेदेखि शुरु हुने बताइएको छ ।
कुटुम्ब ब्याण्डका राजु महर्जनले सिम क्षेत्रको प्रवद्र्धनका लागि पहिलो पटक म्युजिक फेस्टिबल हुन लागेको जानकारी दिए । कीर्तिपुरमा म्युजिक सम्बन्धी जानकारहरु धेरै भएका कारण उनीहरुको ऊर्जाका लागि त्यस्तै खालका फेस्टिबल बेला–बेलामा गर्नुपर्ने उनको भनाइ छ ।
‘सिम क्षेत्रको प्रवद्र्धनका लागि म्युजिक फेस्टिबल गर्न लागेका हौं । कीर्तिपुरमा धेरै म्युजिसियन पनि छन् । उनीहरुको ऊर्जाका लागि पनि यो फेस्टिबलको आवश्यक छ,’ राजुले भने ।
यस्तोे फेस्टिबल आगामी वर्ष पनि आयोजना गरिने जानकारी दिइएको छ । त्यसको लागि पहिलो सिजन सफल पार्न आफूहरु लागि परेको बताउँदै महर्जनले भने, ‘फेस्टिबलमा १५ सय दर्शकको अपेक्षा छ ।’
टिप्पणीहरू