प्रधानमन्त्री बालुवाटारबाट चितवन पुग्नुभयो
प्रधानमन्त्री शेरबहादुर देउवा भखरै चितवनको भरतपुर पुग्नुभएको छ । उहाँ नेपाली सेनाको हेलिकप्टरमा काठमाडौंबाट त्यहाँ पुग्नुभएको हो ।
आज चितवनमा आयोजित गठबन्धनको संयुक्त चुनावी आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा भरतपुर जानुभएको बताइन्छ । उहाँ सात सदस्यीय टोलीका साथ बालुवाटारबाट ९ एन आरएम कल साइन भएको सेनाको अगुस्ता हेलिकप्टरमा जानुभएको हो ।
टिप्पणीहरू