ताप्लेजुङमा अटोरिक्सा दुर्घटना : हजुरबुबा र नाति बिते, चालक घाइते

ताप्लेजुङमा अटोरिक्सा दुर्घटना : हजुरबुबा र नाति बिते, चालक घाइते

ताप्लेजुङको फुङलिङ नगरपालिका ८ को नाम्लेपाटी भित्तेमा आज भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । सुकेटार विमानस्थल जाने क्रममा १, ००२, ००३ ह ३९०० नम्बर प्लेटको अटोरिक्सा नाम्लेपाटी भित्तेमाथिको घ्याङडाँडाबाट तलको भीरमा खसेको हो ।

दुर्घटनामा फुङलिङ नगरपालिका ८ दोखू बेजम्बू बस्ने ११ वर्षका इशान गुरुङ र पाथीभरा याङवरक १ नाङखोल्याङ बस्ने ७५ वर्षिय धनबहादुर गुरुङको मृत्यु भएको छ । मृतकहरु मामाघरका बाजे र नाति हुन् । बाजे विमानस्थलबाट काठमाण्डौं जाने र नातिले बाजेलाई सुकेटारसम्म पुर्याएन गएका थिए ।

अटो चालक गंगाराम राई गम्भीर घाइते भएका छन् । उनको ताप्लेजुङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू