जग्गा फिर्ताको माग गर्दै सुनार धर्नामा
मकवानपुरको हेटौंडामा दृष्टिबन्धकीबाट पीडित जगत सुनारले आफ्नो जग्गा फिर्ताको माग गर्दै धर्ना दिएका छन् ।
हेटौंडाका पीडित जगतबहादुर सुनारले व्यवसायी नियमराज शाक्यविरुद्ध शाक्यको बुद्धचोक स्थित घरमा आज जग्गा फिर्ताको माग गर्दै धर्ना दिएका हुन् ।
व्यवसायी शाक्यले दृष्टिबन्धकीको नाममा आफु र आफ्नो बाबु पदमलाल सुनारलाई जालझेल गरेर जग्गा राजीनामा पत्रमा हस्ताक्षर गराएर लिएको ११ कठ्ठा १६ धुर जग्गा फिर्ताको लागि आफू धर्ना बस्न बाध्य भएको पीडित सुनारको भनाइ छ ।
सुनारसँगै उनका छिमेकी र सामाजिक अभियन्ताहरुले व्यवसायी शाक्यको घरमा धर्ना दिएका हुन् । धर्ना बस्दा पनि शाक्यले जग्गा फिर्ता नगराए आमरण अनशन बसेर न्याय प्राप्तीको लागि लड्ने सुनारले बताए ।
टिप्पणीहरू