शेखरलाई समर्थन गर्दै सुशील पछि हटे

शेखरलाई समर्थन गर्दै सुशील पछि हटे

मोरङको निर्वाचन क्षेत्र नम्बर–६ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका सुशील खड्का चुनावी मैदानबाट पछाडि हटेका छन् ।  उम्मेदवारी निस्क्रिय बनाएको बताउँदै उनले नेपाली काँग्रेसका उम्मेदवार डा.शेखर कोइरालालाई सघाउने बताएका छन् । 

आफूले उठाएका एजेण्डाप्रति डा. कोइराला गम्भीर बनेकाले पछि हटेको खड्काले स्पष्ट पारेका हुन् । ‘राष्ट्रिय हित, नागरिक अधिका, सामाजिक न्यायका मुद्दा तथा राष्ट्रिय र क्षेत्रिय एजेण्डाउपर दुवै जना संयुक्त हुँदै पूरा गर्ने सहमतिमा आगामी निर्वाचनमा सुशील खड्काले आफ्नो उम्मेदवारी निष्कृय पार्दै डा.शेखर कोइरालालाई समर्थन गर्ने सहमति भएको छ’, जारी संयुक्त विज्ञप्तिमा भनिएको छ । 

साथै, उनले आगामी निर्वाचनमा डा. कोइरालालाई जिताउन मतदातालाई अपिलसमेत गरेका छन् ।

टिप्पणीहरू